विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिएका छन् । शनिबार बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले राजीनामा दिएका हुन् । कोशी प्रदेशसभाका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुअगाडि बसेको एमाले संसदीय दलको बैठकमा राजीनामा दिने घोषणा गरेका थिए ।
मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रायोजनका लागि बोलाइएको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले यसअघि आफूलाई मुख्इयमन्त्रीको रुपमा मत दिएकोमा नेकपा माओवादी र जनता समाजवादीलाई धन्यवाद दिए ।

कोशीमा नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका चार, जसपा एक गरि ४७ सांसदले कार्कीलाई विश्वासको मत नदिने बताइसकेका थिए । यस्तै राप्रपाले पनि तथस्त बस्ने बताएका थिए । आफूले विश्वासको मत नपाउने पक्का देखेपछि उनले राजीनामा दिएका हुन् ।
संविधानको धारा १६८ को उपधारा ३ अनुसार नियुक्त भएका मुख्यमन्त्रीले विश्वासको मत नपाए उपधारा ५ अनुसार नेतृत्वमा दाबी गर्न नपाउने कानुन व्यावसायीले सुझाव दिएपछि विश्वासको मत परीक्षण नगरि उनले राजीनामा दिने भएका हुन् ।
यसअघि दलको बैठकमा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी संविधानको धारा १६८ (३( अन्तर्गत बनेको सरकारले विश्वासको मत पाउन नसके पुनः १६८ (५) अन्तर्गत मुख्यमन्त्रीको दाबी गर्न नपाउने सुझाव दिएका थिए ।











