Logo
Logo

कर्णाली मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी


882
Shares

सुर्खेत । कर्णाली प्रदेशको मन्त्रिपरिषद्को आकस्मिक बैठक बसिरहेको छ। भुकम्प प्रभावित क्षेत्रको विषयमा निर्णय गर्न आज (शनिबार) बिहान मन्त्रिपरिषदको आकस्मिक बैठक बसेको हो।

‘कर्णाली प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण जिसीका अनुसार बैठकमा भुकम्पबाट प्रभावित क्षेत्रका वासिन्दाको उद्धार र राहतका बारेमा निर्णय गर्न आकस्मिक मन्त्रीपरिषद् बैठक बसेको हो ।

शुक्रबार राति गएको ६‍‍.४ म्याग्नेच्युटको भुकम्पका कारण जाजरकोट र रुकुममा गरी १२८ जनाको मृत्यु भएको छ।

जाजरकोटमा मात्र ९२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्