Logo
Logo

दुर्गा प्रसाईँको कार्यक्रमलाई राजावादी संगठनको साथ


7.6k
Shares

काठमाडौं । दुर्गा प्रसाईँको नेतृत्वमा काठमाडौँमा हुने भनिएको आन्दोलनलाई राजावादी संगठन ‘वीर गोर्खाली अभियान’ले सहयोग गर्ने घोषणा गरेको छ । 

वीर गोर्खाली अभियानले एक प्रेस वक्तव्य जारी गर्दै बल्खुबाट सुरु हुने कार्यक्रममा सहभागी हुने जानकारी दिएको हो । 

अभियानले २०४७ सालको संविधान पुनर्स्थापनाको माग गर्दै अभियान सञ्चालन गर्दै आएको छ । जसअनुसार काठमाडौँ, चितवन, बुटवल, पोखरा, हेटौंडा लगायत देशभरका विभिन्न सहरहरूमा अभियानले कार्यक्रम गरिरहेको सौरभ भण्डारीले बताएका छन्।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000