विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले ‘कोशी प्रदेश राजस्व सङ्कलनसम्बन्धी विधेयक, २०८०’ प्रस्तुत गरेका छन्।

बैठकले विषयगत समितिका कार्यविधि आफैँ बनाउनेसम्बन्धी प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधन) को नियम १९८ बमोजिम सभामुखबाट जारी भएको बाधा अडकाउ फुकाउने आदेश सर्वसम्मतले पारित गरेको छ।
उक्त आदेशको प्रस्तावक नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी र खगेश्वरी पौडेल समर्थक हुनुहुन्थ्यो।











