Logo
Logo

नेपालमै भएका शिक्षा र अवसरलाई प्रयोग गर्न प्रधानमन्त्रीको अपिल


252
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा केही अवस् नै छैन भन्ने भाष्य निर्माण हुँदा युवाहरू विदेश गएर हन्डर खाइरहेको बताएका छन् ।

बुधबार काठमाडौं विश्वविद्यालयको २९औं दीक्षान्त समारोहलाई धुलिखेलमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो टिप्पणी गरेका हुन् । उनले नेपालमै भएका शिक्षा र अवसरलाई प्रयोग गर्नसमेत अपिल गरे ।

विभिन्न बाध्यताका कारण दुई सयभन्दा बढी नेपाली युवा रुसी सेनामा भर्ना भएको चिन्ताजनक खबर आएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपालमा अवसर छैन भन्ने जुन भाष्य निर्माण भएको छ, त्यसको परिणामस्वरूप नेपाली युवा विदेशमा अनेक हन्डर खाइरहेका छन् । उनीहरूलाई यही मञ्चबाट आश्वस्त पार्न चाहन्छु कि अहिले नेपालमै प्रशस्त शिक्षा तथा रोजगारीका अवसर छन् । तिनको उचित व्यवस्थापन गर्न सके व्यक्तिगत जीवनको मात्र नभएर देशको हितमा काम गर्न सकिन्छ ।’

उनले काठमाडौं विश्वविद्यालयबाट अहिलेसम्म दीक्षित हुनेमध्ये १२ प्रतिशत विदेशी विद्यार्थी रहेको उल्लेख गर्दै नेपालको शैक्षिक अन्तर्राष्ट्रियकरणको ज्वलन्त उदाहरण भएको बताए । अब यो शैक्षिक अन्तर्राष्ट्रियकरणको अभियानलाई थप सुदृढ र विस्तारित बनाउने पर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्