Logo
Logo

बालकृष्ण खाँणको निवेदन न्यायाधीश कोइरालाको इजलासमा


630
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको निवेदन आज उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा सुनुवाई हुने भएको छ । ।

यसअघि उच्च अदालत पाटनकै दुई न्यायाधीशको राय बाझिएपछि निवेदन तेस्रो न्यायाधीशको इजलासमा पठाउने आदेशअनुसार आज न्यायाधीश कोइरालाको एकल इजलासमा सुनुवाइ गर्ने तय भएको हो।

गत मंसिर १५ गते उच्च अदालतका न्यायाधीशद्वय जनक पाण्डे र दुई न्यायाधीशबीच खाँणलाई पुर्पक्षका लागि थुनामै राख्ने कि धरौटीमा छाड्ने भन्ने विषयमा राय बाझिएको थियो।

पाण्डेले ३० लाख रुपैयाँ धरौटी राखे छाडिदिन सकिने राय दिएका थिए भने खरेलले जिल्ला अदालतको आदेश सदर गरी थुनामै बस्नुपर्ने राय प्रस्तुत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्