Logo
Logo

थुनुवा केशर भुजेलको मृत्युबारे छानबिन गर्न समिति गठन


945
Shares

विराटनगर । जिल्ला कारागार मोरङमा थुनामा रहेका नेलर केशरबहादुर भुजेलको मृत्यु भएको विषयमा छानाबिन गर्न समिति बनाइएको छ । भुजेलका परिवारले मृत्यु रहस्यमय रहेको भन्दै परिवारले शव नबुझेपछि मोरङका सहायक सीडीओ प्रदीप साहाको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको हो ।

समितिमा कोशी अस्पतालका डाक्टर मनोज ठाकुर, प्रहरी निरीक्षक हेमराज ओली र लेटाङ- ४ का वडाध्यक्ष रामकुमार श्रेष्ठ सदस्य छन् । उक्त समितिलाई छानबिन गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको मोरङका सीडीओ वीरेन्द्रकुमार यादवले बताए ।

लागुऔषधसम्बन्धी मुद्दामा पुर्पक्षमा थुनामा रहेका लेटाङ- ४ घर भएका ४० वर्षीय केशरबहादुर भुजेलको गत बिहीबार बेलुका झण्डै साढे ५ बजेतिर उपचारको क्रममा कोशी अस्पतालको आकस्मिक कक्षमा मृत्यु भएको थियो । भुजेलको मृत्युको घटना शंकास्पद रहेको भन्दै आफन्तहरू पोष्टमार्टम नगर्ने र घटनाको छानबिन हुनुपर्ने अडानमा छन् ।

भुजेललाई जेलभित्रै मरणासन्न हुने गरी कुटपिट गरेर उपचारका लागि ल्याइएको उनीहरूको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्