Logo
Logo

सात सचिवको सरुवा


6.2k
Shares

काठमाडौं । सरकारले सात जना सचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय मन्त्रालयअन्तर्गत विभिन्न निकायमा कार्यरत सचिवहरु सरुवा गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद बैठकले खानेपानी मन्त्रालयका सचिव रामआधार साहको राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा गरेको छ भने केन्द्रमा रहेका सुरेश आचार्य खानेपानी मन्त्रालय सरुवा भएका छन् ।

यस्तै, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका जलस्रोत तथा सिंचाइ सचिव गोपालप्रसाद सिग्देललाई मन्त्रालयकै ऊर्जा सचिवमा सरुवा गरिएको छ । ऊर्जा सचिव दिनेशकुमार घिमिरेले अनिवार्य अवकाशमा जानुअघि नै राजीनामा दिएपछि उक्त पद रिक्त थियो ।

यस्तै, सरिता दवाडी जल तथा ऊर्जा आयोगको सचिवालयमा सरुवा भएकी छन् । उनी केही दिनअघि मात्र सचिवमा बढुवा भएकी थिइन् । यस्तै, आयोगमा रहेका सुशीलचन्द्र तिवारी ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा सिंचाइ सचिवमा सरुवा भएको बताइएको छ ।

यस्तै, कोशी प्रदेशका प्रमुख सचिव डा. दीपक काफ्ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएका छन् ।
१६ महिनाअघि २०७९ साउन १९ गते सहसचिवबाट सचिवमा बढुवा भएका काफ्लेको लुम्बिनी प्रदेश सरकारको प्रमुख सचिवमा पदस्थापन भएपछि लुम्बिनी प्रदेश सरकारको प्रमुख सचिव भएर काम गरेका थिए । उनी लुम्बिनी प्रदेश सरकारको प्रमुख सचिवबाट कोशी प्रदेश सरकारको प्रमुख सचिवमा सरुवा भएका थिए ।

यस्तै, नारायणप्रसाद शर्मा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएका भएका छन् । उनलाई सरकारले एक महिनाअघि सुदूरपश्चिम प्रदेश सरकारको प्रमुख सचिवबाट मन्त्रालयमा ल्याएको थियो । सरुवा गरिएका सचिवहरुलाई शुक्रबार पत्र दिने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्