Logo
Logo
राष्ट्रियसभा निर्वाचन

उम्मेदवार सिफारिस गर्न प्रदेश समितिलाई कांग्रेसको निर्देशन


504
Shares

काठमाडौं । नेपाली कांग्रेसले माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न प्रदेश समितिहरुलाई निर्देशन दिएको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सात दिनभित्र उम्मेद्वारको नाम पठाउन निर्देशन दिएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

उनका अनुसार प्रत्येक प्रदेशबाट तीन जनाको नाम सिफारिस गर्न देश समितिलाई निर्देशन दिने निर्णय बैठकले गरेको छ । प्रदेश समितिबाट आएका नाममाथि केन्द्रीय समितिमा छलफल गरेर निर्णय लिइने कांग्रेसले जनाएको छ ।

कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार चयन गर्न पुस १२ गतेदेखि केन्द्रीय समिति बैठक बोलाएको छ । फागुन २० गते राष्ट्रियसभाका २० जना सांसद बिदा हुँदैछन् ।

फागुन २० गते कार्यकाल सकिनेमा नेकपा एमालेका ८, नेपाली कांग्रेसका ४, माओवादी केन्द्रका ३, एकीकृत समाजवादीका २, जनता समाजवादी पार्टीका एक र राष्ट्रपतिद्वारा मनोनित दुई जना छन् । उक्त हुने पदका लागि पुस ११ गते निर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्