Logo
Logo

एमालेको संकल्प यात्रा आज पाँचथर पुग्ने


756
Shares

काठमाडौं । नेकपा एमालेको समृद्धिका लागि संकल्प यात्रा आज (शनिबार) १६ औं दिन पाँचथर पुग्दैछ। गएराति अध्यक्ष केपी शर्मा ओलीको जन्मथलो आठराईमा बास बसेको यात्रा टोली शनिबार ७६ किलोमिटर दूरी पार गरेर पाँचथरतर्फ अघि बढ्ने पार्टीका प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

उनका अनुसार शनिबार पाँचथरमा आमसभाको आयोजना गरिएको छ । मंसिर १४ मा बैतडी झुलाघाटमा शुरु भएको एमालेको यो यात्रा पुस १ गते मध्यपहाडी राजमार्गको पूर्वी विन्दु पाँचथरको चिवाभञ्ज्याङ पुगेर पुगेर टुंगिनेछ । यात्रामा अध्यक्ष ओलीसहित अन्य पदाधिकारी तथा नेता–कार्यकर्ता सहभागी छन्। यो यात्रा भोली चिवाभञ्ज्याङ पुग्ने र त्यसपछि सकिने जनाइएको छ ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ को परिकल्पना पूरा गर्न मध्य पहाडी पुष्पलाल लोकमार्ग केन्द्रितसंकल्प यात्रा गरेको पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्