Logo
Logo

दाङमा टिपरको ठक्करबाट दुई युवकको मृत्यु


882
Shares

काठमाडौं । दाङको घोराही– १० नारायणपुरमा गएराति टिपरको ठक्करबाट मोटरसाइकलमा दुई जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार रा.१ क. १३०७ नम्बरको टिपरले रा. २ प. ५५८९ मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको ज्यान गएको हो ।

टिफरको ठक्करबाट गम्भीर घाइते झिम्रुक ४ बाङ्गेका १७ वर्षका विशाल जिसी र नौबहिनी गाउँपालिका–६ लुङका १८ वर्षका सागर केसीको उपचारको कैममा अस्पतालमा मृत्यु भएको हो।

घाइते दुवैलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगिएको थियो। उपचारका क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्