Logo
Logo

अनसन बस्न धनगढी पुगेका डा. केसीविरुद्ध प्रदर्शन


882
Shares

धनगढी । डा. गोविन्द केसीविरुद्ध धनगढीमा प्रदर्शन भएको छ । डा. केसी अनशन बसेको विरोधमा धनगढीमा शनिबार प्रदर्शन भएको हो ।

चिकित्सा शिक्षा सरोकार संघर्ष समिति नेपालले गेटामा मेडिकल विश्वविद्यालय बनाउने प्रदेशबासीको मागविपरीत डा. केसी अनसन बसेको भन्दै प्रर्दशन गरेका हुन् । उनीहरुले केसीविरुद्ध नाराबाजी गरेका छन् ।

शुक्रबार साँझदेखि धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा केसी अनशनमा बसेका छन् । सरकारले विगतमा गरेका सहमति कार्यान्वयन गर्न माग गर्दै उनी शुक्रबार साँझ गेटा मेडिकल कलेज पुगेका थिए । तर, शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ गठित संघर्ष समितिले अवरोध गरेपछि उनी धनगढी आएर अनसन बसेका थिए ।

प्रतिक्रिया दिनुहोस्