
काठमाडौं । नेपाल–युएस अल्मुनी नेटवर्क(नुसान) ले नयाँ नेतृत्व पाएको छ । शनिबार काठमाडौंमा सम्पन्न नुसानको पाँचौ साधारण सभाबाट दुई प्रतिस्पर्धीलाई पछि पार्दै अध्यक्षमा प्रविना अमात्य बिजयी भएका छन ।
अध्यक्ष पदका लागि प्रदिप खतिवडा र विशाल दाहालले समेत उम्मेदवारी दिएका थिए । नुसानको उपाध्यक्षमा बामन कुमार न्यौपाने, महासचिवमा स्वर्णा ताम्राकार, सचिवमा निकेश बलामी र कोषाध्यक्षमा कुसुम केसी निर्बाचित भएका छन् ।
त्यस्तै सदस्य पदमा रोशन खड्का, अशोक साह, प्रकाश लामिछाने,कृष्ण बहादुर सुनार, गर्गी नेपाल र सागर कोईराला निर्बाचित भएका छन । नुसानको कार्याकाल दुई वर्ष रहेको छ । नुसान समाजमा सकरात्मक प्रभाव सिर्जना गर्न र नेतृत्व र नविनतालाई एकसाथ ल्याउन प्रतिवद्ध अमेरिकी एक्सचेन्ज पूर्व विद्यार्थीहरुको नेटवर्क हो ।
यसमा अमेरिकी संघीय सरकारद्धारा प्रायोजित कार्यक्रमहरु एक्सेस,कम्युनिटी सोलुसन प्रोग्राम,इस्ट वेस्ट सेन्टर, फुलब्राइट, जीईएस, आईभीएलपी,हम्फ्रे,सुुुसी र टीइएलगायतका कार्यक्रमहरुमा भाग लिएका नेपाली सहभागीहरु सदस्य छन् ।














