दोलखा । नेकपा एकीकृत समाजवादी दोलखाको दशौँ अधिवेशनबाट भीमप्रसाद दाहालको अध्यक्षतामा नयाँ जिल्ला संगठन कमिटी चयन भएको छ । अधिवेशनले ९१ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत निर्वाचित गरेको हो ।
कमिटीको उपाध्यक्षमा अशोककुमार दाहाल र संगीता पाख्रिन, सचिव मोहन थापा, उपसचिवमा प्रकाशकुमार केसी, बैकुण्ठ भण्डारी र तामप्रसाद आपागाईलाई निर्वाचित भएका छन् ।

दुई दिनसम्म चलेको अधिवेशनको उद्घाटन पार्टीका अध्यक्ष माधवकुमार नेपालले गरेका थिए । कार्यक्रममा उपमहासचिव एवं बागमती प्रदेशका इन्चार्ज गंगालाल तुलाधर, बागमती प्रदेश अध्यक्ष सावित्रा भुषाल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष माधव पौडेल, पोलिट्व्युरो सदस्य शिवप्रसाद भण्डारी, केन्द्रीय सदस्यहरु गोपाल न्यौपाने, महेन्द्रबहादुर कार्की लगायतका नेताहरुको सहभागिता रहेको थियो ।














