
काठमाडौं । अमेरिकास्थित नेपाली समाज टेक्सस (एनएसटी) को अध्यक्षमा राजेन्द्र वाग्ले विजयी भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा ८ सय ८५ मत प्राप्त गर्दैै वाग्ले दोस्रो कार्यकालका लागि अध्यक्षमा विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी कमल सत्यालले ६ सय ११ मत ल्याएका थिए । डिभीमार्फत परिवारसहित अमेरिका गएका वाग्ले सन् २०२४–२०२५ सम्मका लागि पुनः एनएसटीको अध्यक्षमा चुनिएका हुन् ।
एनएसटीको वरिष्ठ उपाध्यक्षमा जनक भण्डारी, उपाध्यक्षमा बलराम पौडेल, महासचिवमा विजय भुसाल, सचिवमा पुण्य पाण्डे कोषाध्यक्षमा रामकृष्ण यादव र सहकोषाध्यक्षमा गोविन्दराज जोशी निर्वाचित भएका छन् ।
अमेरिकामा बस्ने नेपालीहरूले सन् १९९७ मा स्थापना गरेको उक्त संस्थामा हाल २ हजार ५ सय १२ जना सदस्य छन् ।














