Logo
Logo

एक सय ९५ शिक्षक र विद्यार्थीलाई पोशाक प्रदान


315
Shares

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयलाई समाजसेवी शिव केसीले एक सय ९५ थान पोशाक प्रदान गरेका छन् ।

विद्यालयका विद्यार्थी, शिक्षक र व्यवस्थापन समितिका पदाधिकारीका लागि केसीले दुई लाखबराबरका पोशाक उपलब्ध गराएका हुन् ।

सोमबार विद्यालयमा आयोजित कार्यक्रममा सहयोगदाता केसीले विद्यालय व्यवस्थापन समिति र विद्यालयलाई उक्त सामग्री प्रदान गरेका थिए ।

विद्यालयका सल्लाहकारसमेत रहेका केसीले विगतदेखि नै विद्यालयको शैक्षिक र भौतिक विकासमा सहयोग गर्दै आउनुभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि सुवेदीले बताए ।

कार्यक्रममा विद्यालयले सहयोगदाता केसीलाई सम्मान गरेको छ । वडा सदस्य जितबहादुर खत्री, विद्यालयका अध्यक्ष सुवेदी, प्रधानअध्यापक विजय शर्माले सहयोगदाता केसीलाई सम्मान गरेका थिए ।

प्रावि स्थायी दरबन्दी रहेको यस विद्यालयमा कक्षा १० सम्म पठनपाठन हुन्छ भने जिल्लामै एकमात्र दृष्टिविहीन स्रोत कक्षासमेत सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्