Logo
Logo

प्रदेश राजधानी जोड्ने सडक निर्माण


441
Shares

फाइल फोटो

काभ्रेपलाञ्चोक । काभे्रपलाञ्चोकबाट बागमती प्रदेशको राजधानी हेटौँडा जोड्ने छोटो दूरीको सडक निर्माण सुरू भएको छ ।

रोशी गाउँपालिकाअन्तर्गत बिपी राजमार्गको कटुञ्जेबाट खार्पाचोक लेखपानी–सुँगुरे–बूढाखानी–फोक्सिङटार–गोकुले–तालढुङ्गा हुँदै हेटौँडासम्म प्रादेशिक सडक निर्माण सुरू गरिएको हो ।

बागमती प्रदेश सरकारले उक्त सडक आयोजनाका लागि गत आर्थिक वर्षमा रु ९४ करोड ६९ लाख सुनिश्चित गरेको थियो ।

चालु आवमा सात करोड विनियोजन गरी निर्माण सुरू भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

उक्त कार्यालयमार्फत पहिलो चरणमा १५ किलोमिटर सडक स्तरोन्नतिका लागि ठेक्का आह्वान भइसकेको छ ।

सडक खस्नबाट रोक्न पर्खाल लगाउने, स्ल्याब, कलभर्ट निर्माण तथा ह्युमपाइप बिछ्याउनेलगायत संरचना निर्माण हुनेगरी ५१ करोड ४४ लाख लागतमा निर्माण व्यवसायी सिद्ध बाबा–ग्रिन ताराले ठेक्का सम्झौता गरेको छ ।

आयोजनाको बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा, भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल, खानेपानी ऊर्जा तथा सिँचाइमन्त्री तीर्थ लामा र प्रदेशसभा सदस्य रत्न ढकालले संयुक्तरूपमा एक कार्यक्रमबीच काभ्रेपलाञ्चोकको रोशीस्थित कटुञ्जेमा सोमबार शिलान्यास गरे ।

बागमती प्रदेश सरकारले छ हजार किलोमिटर सडकलाई प्रादेशिक सडकमा सूचीकृत गरेर प्राथमिकताका आधारमा कालोपत्र गर्दै जाने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्