
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशवासीको नाममा विशेष सम्बोधन गर्ने तयारी गरेका छन् ।
सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा उनले विशेष सम्बोधन गर्ने तयारी गरेका हुन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री नियुक्त भएको आगामी मंगलबार एक वर्ष पूरा हुँदै छ ।
सोही अवसरमा उनले देशवासीको नाममा सम्बोधन गर्ने तयारी रहेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरणले जानकारी दिए । प्रधानमन्त्री प्रचण्ड आफैँले एक वर्षपछि नयाँ ढङ्गले काम गर्न चाहेको बताउँदै आएका छन् ।














