Logo
Logo

काठमाडौं महानगरले पाँच स्थानमा सुलभ फार्मेसी सञ्चालन गर्ने


1.6k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न पाँच स्थानमा ‘सुलभ’ फार्मेसी सञ्चालन गर्ने भएको छ । महानगरपालिकाले चालु आर्थिक वर्षको स्वीकृत नीति, बजेट तथा कार्यक्रमअनुसार पाँच स्थानमा फार्मेसी स्थापना गर्न लागेको हो ।

महानगरको स्वास्थ्य विभागले महाराजगञ्ज, वीर अस्पताल, कालीमाटी र लैनचौर क्षेत्रमा फार्मेसी खोल्न लागेको जनाएको छ । त्यसका लागि घर भाडामा लिन महानगरपालिकाले सार्वजनिक सूचना निकालेको छ ।

घर भाडाका लागि आवश्यक पर्ने मापदण्ड तोक्दै महानगरले ​मासिक भाडादरसहित १५ दिनभित्र प्रस्ताव पेश गर्न आग्रह गरेको छ ।​

प्रतिक्रिया दिनुहोस्