Logo
Logo

दुई मोटरसाइकल ठोक्किंदा दुवै चालकको मृत्यु


2k
Shares

बारा । निजगढ नगरपालिकास्थित भमरामा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

बुधबार दिउँसो रौतहटबाट निजगढतर्फ आउँदै गरेको बा ९७ प ९४४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट रौतहट जाँदै गरेको प्रदेश १–०५ ००१ प ५४९७ नम्बरको मोटरसाइकल ठोक्किएका हुन् ।

बा ९७ प ९४४ नम्बरका मोटरसाइकल चालक बाग्मती–३ का ३१ वर्षीय बुद्धिबहादुर बल र प्रदेश १–०५ ००१प ५४९७ नम्बरका मोटरसाइकल चालक उदयपुर कटारी–२ का ३४ वर्षीय चन्द्रदीप लामाको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता दधीराम न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्