Logo
Logo

नेपाल बैंकले शेयरधनीलाई लाभांश नदिने


693
Shares

काठमाडौं । नेपाल बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ ।

पुस ४ गते बसेको बैंकको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको हो ।

बैंकले गत आर्थिक वर्षमा ३ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा गरेको वित्तीय वितवरण प्रकाशित गरेको थियो । १४ अर्ब ६९ करोड रुपैयाँ सेयर पुँजी भएको यस बैंकका २० अर्ब ९१ करोड रुपैयाँ जगेडा कोष छ ।

प्रतिक्रिया दिनुहोस्