Logo
Logo

इमेलमार्फत जवाफ नआएपछि एनसेलका सीईओलाई अर्थ समितिको पत्र


756
Shares

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिले एनसेल आजियाटा कम्पनीको प्रमुख कार्यकारी अधिकृतलाई पत्र पठाएको छ । मलेसियास्थित आजियाटाको सिइओलाई त्यहाँस्थित नेपाली दूतावासमार्फत पत्र पठाइएको अर्थ समितिका सभापति सन्तोष चालिसेले बताएका हुन् ।

इमेलमार्फत गरेको पत्राचारको जवाफ नआएपछि दूतावासमार्फत पत्राचार गरिएको सभापति चालिसेको भनाइ छ । उनका अनुसार एनसेलको सिइओलाई मलेसियास्थित नेपाली राजदूतावासमार्फत शुक्रबार पत्र पठाइएको हो ।

सभापति चालिसेले कुन व्यवस्थाअनुसार एनसेलको शेयर खरिदबिक्री गरेको र खरिदबिक्रीको सम्झौता के थियो ? त्यसको हुबहु सामग्रीसहित बोलावट गरिएको बताए । अर्थ समितिले हचुवाको भरमा एनसेल शेयर विवादबारे बैठक नराख्ने भन्दै एनसेलको सिइओले हुबहु पत्र ल्याएपछि जनतालाई त्यो पत्र देखाएर जनतालाई सुसूचित गर्ने उनको भनाइ छ ।

एनसेलको सिइओ र दूरसञ्चार प्राधिकरणलाई आधिकारिक कागजातका साथ सँगै बैठक राखेर यो विवादको टुंगो लगाउने पनि सभापति चालिसेले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्