Logo
Logo

शौच गर्न जाँदा बाघले लग्यो, टाउको र खुट्टाविहीन अवस्थामा शव भेटियो


3.5k
Shares

वीरगञ्ज । बाघको आक्रमणबाट पर्सामा एक युवकको मृत्यु भएको छ ।

बाघको आक्रमणमा परी पटेर्वा सुगौली गाउँपालिका–२ थरकटीका ३२ वर्षीय मनोज उराँव धाँगडको मृत्यु भएको हो । घर नजिकै जङ्गलमा शौच गर्न गएका धाँगड आज बेपत्ता भएका थिए ।

उनको खोजतलाश गर्ने क्रममा शव फेला परेको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराज केसरीले जानकारी दिए । उनले भने, ‘धाँगडको टाउको र खुट्टा नभएको अवस्थामा शव फेला परेको छ ।’

धाँगडको शव परीक्षणका लागि वीरगञ्जस्थित नारायणी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्