Logo
Logo

ओलीले खोले भारतीयको गोप्य रहस्य


3.2k
Shares

काठमाडौं । मध्यपहाडी यात्राको क्रममा अध्यक्ष केपीशर्मा ओलीकै चाहनाअनुसार नेता तथा कार्यकर्ताले ओलीको ब्राण्डिङ गर्न खोजेका थिए । सँगै रहेका पदाधिकारीले पनि ओलीको महिमागानमा आफ्नो समय खर्च गरेका थिए । यात्राका क्रममा ओलीले आफूमात्रै होइन, पत्नी राधिका शाक्यको पनि ब्राण्डिङ गर्ने प्रयास गरेका थिए । तर, आम निर्वाचनपछि सरकारबाहिर बस्नु परेको पीडा सँगालेर १८ दिने मध्यपहाडी यात्रा गरेको नेकपा एमालेमा भावी दिनलाई लिएर निराशा छाएको छ ।

काठमाडौं फर्केर मध्यपहाडी लोकमार्ग संकल्प यात्राको अनुभव र अनुभूति साट्नेक्रममा ओली निकै निराश देखिए । ओलीले सचिवालयको अनौपचारिक बैठकमा आफ्नो अघिल्लो सरकारी कार्यकाल र भविष्यमा आइपर्ने जिम्मेवारीको लामो व्याख्या विश्लेषण गरेका थिए । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति आफ्नो अनूकुल नभएको प्रष्ट सुनाएको एक पदाधिकारीले दृष्टिलाई बताए । खासगरी मिसन ८४ लाई अघि सार्दा ओली निकै निराश देखिएको ती पदाधिकारीले बताए ।

ओलीले समीक्षा बैठकमा ‘आफूलाई भारतले किन रुचाएको छैन र अहिलेको गठबन्धन ८४ सम्म किन टिक्छ’ भन्ने बारेमा राम्रो ब्रिफिङ गरेका थिए । भारतको आशिर्वाद बिना नेपालको प्रधानमन्त्री पदमा टिकिरहन सकिँदैन भन्ने परम्परागत मान्यतालाई ठाडो चुनौती दिएपछि आफूसँग भारत चिढिएको बिफ्रिङ ओलीले समीक्षा बैठकमा गरेका थिए ।

‘सचिवालय बैठकमा अध्यक्ष ओलीले केही विषयहरू बताउनु भयो, ती विषय साँच्चिकै गम्भीर छन्, परिस्थिति एमालेको पक्षमा छैन’, बैठकमा सहभागी एक पदाधिकारीले दृष्टिसँग भने ।

केही समयअघि भारतीय स्थलसेनाका पूर्वसेनाध्यक्ष मनोजमुकुन्द नरवाणेले छिमेकी मित्रराष्ट्रलाई भारतले कसरी आफ्नो ‘कब्जा’मा राख्न सकिन्छ भनेर लेखेको ३ सय पेज लामो प्रतिवेदनमा नेपालको सन्दर्भ पनि उल्लेख गरेको जनाउँदै ओलीले आफूले संसदमा बोलेको ‘सत्यमेव जयते कि सिंहमेव जयते’ भन्ने शब्द नै उल्लेख गरेको तथा लिपुलेक लिम्पियाधुरासम्बन्धी नक्सा जारी गरेको विषयमा पनि असन्तुष्टि जनाएको बताउँदै ओलीले भविष्यमा अहिलेको गठबन्धनलाई भारतले साथ दिइरहने संकेत गर्दै निराशा प्रकट गरेका थिए ।

‘ओलीले संकल्प यात्राको समग्र अनुभव सुनाउँदै गर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण मात्र होइन हालै छिमेकी राष्ट्र भारतमा भैरहेको वस्तुस्थितिको बारेमा पनि बताउँदै गर्दा एमालेका लागि भावी दिन सुनौला देखिएका छैनन् भन्ने प्रष्ट हुन्थ्यो’ ती पदाधिकारीले दृष्टिसँग भने ।

नेपालले भारतसँग विशेष सम्बन्ध राख्नुपर्छ र अरु देशसँग सामान्य सम्बन्ध राख्नुपर्छ भन्ने भारतीय दृष्टिकोण छिपेको छैन । तर, दुई छिमेकीबीच नेपालले कसैसँग विशेष सम्बन्ध नराखेर दुवैसँग समान स्तरको सम्बन्ध राख्नुपर्छ । यो नेपालको सिद्धान्त, राष्ट्रिय आवश्यकता र मान्यता हो । यो मान्यतासँग भारत असहमत छ ।

ओलीले मध्यपहाडी यात्राको क्रममा यो विषयलाई पनि ध्यान दिन नसकेको ती पदाधिकारीको दाबी छ । ‘ओली आफूलाई भारतले रोकेको पनि भन्छन्, वामपन्थी दलहरूबीच एकता गरेर अघि बढौँ भन्दा पनि मान्दैनन्’, एमालेका एक पदाधिकारीले दृष्टिसँग भने । प्रधानमन्त्री हुँदा ओलीले भारत र चीन दुवैसँग सम्बन्ध बिगारेका थिए ।

नेपाली राष्ट्रवादलाई बुझ्ने र नेपालको राष्ट्रिय हितलाई हेर्ने भारतीय नजर अहिले पनि फेरिएको छैन । यस्तो अवस्थामा वामपन्थी शक्तिहरू मिलाएर जानुपर्नेमा ओली आफ्नै पारामा हिँडेको एमाले स्रोतको दाबी छ । ‘ओली वामपन्थी एकताको पक्षमा छैनन् । राष्ट्रिय मात्रै होइन, अन्तर्राष्ट्रिय पस्थिति पनि एमाले अनुकुल छैन । यही पाराले एमालेका निम्ति आगामी दिन सहज देखिदैन ।’ ती पदाधिकारीले भने ।

ओलीले प्रधानमन्त्री हुँदा विदेशीको इसारामा दुईतिहाइको सरकार र पार्टी विघटन गर्नेगरी असंवैधानिक रुपमा दुई दुई पटक संसद भंग गरेका थिए । तर, त्यसप्रति ओलीले अहिलेसम्म प्रायश्चित गरेका छैनन् ।

जुन बेला नेपालमा सीमा विवाद देखिएको थियो त्यही बेला भारतसँग वार्ता गरेर टुग्याउनुपर्ने थियो । सीमा विवादमा भारतले वार्तामा आउन तत्परता नदेखाएकै बेला चीनसँग उसको मनोमालिन्य बढेको बुझ्न कठिन थिएन । सीमा विवादपछि नेपालसँगको यो मनोमालिन्यमा भारतले नेपाललाई अझ चीनमय देख्न थालेको थियो । यतिसम्म कि तत्कालीन प्रधानमन्त्री ओलीले ‘रामको जन्म नेपालमा भएको हो’ भन्ने अभिव्यक्तिमा समेत भारतको एउटा समूहले चिनियाँ भूमिका देख्न थालेको थियो ।

यी अवधारणा र परिघटनाहरू नेपालको राजनीतिमा भयावह र खतरपूर्ण अर्थ राख्न थालिसकेको छ । ओली निर्मित राजनीतिक माकुरे जालमा तत्कालीन नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फसेको भारतीय धारणा थियो । अहिले प्रचण्ड सरकारलाई भारतकै साथ रहेको छ । ‘प्रचण्ड अहिले ढुक्क छन्, अमेरिका र भारत दुवै प्रचण्डका दाहिना भएका छन्, ओली यसकै थकथकीमा छन्’, एमालेका ती पदाधिकारीको दाबी छ ।

मध्यपहाडी यात्राकै क्रममा ओली धेरै पटक नेपालमा भूराजनीतिक स्वार्थ रहेकोसमेत उल्लेख गरेका थिए । ओलीले यसक्रममा आफ्नो विगतको पनि समीक्षा गरेका छन् । खासगरी भारत चिढिनुमा नेपालले चालेका कदम र ओलीका यी अभिव्यक्तिबाहेक अन्य केही गतिविधिले पनि भारत नेपालसँग चिढिएको उनले ठानेका छन् ।

वैवाहिक अङ्गीकृत नागरिकता प्राप्तिका लागि न्यूनतम सात वर्षको समयसीमामा सत्ताधारी नेकपाले आफ्नो अडान राखेअनुसार नै हाल संसद्को एउटा समितिले नयाँ नागरिकता विधेयक पारित गरेको छ । त्यसले विशेषगरी भारतीयसँग विवाह गर्नेहरूलाई धेरै प्रभाव पार्ने भारत पक्षको बुझाइ रहेको कतिपयले बताउने गरेका छन् । नेपालमै पनि महिलाका हकमा उक्त विधेयकले विभेद गरेको भन्दै कैयौँले आलोचना गरिरहेका छन् । यी सबै विषयले ओलीलाई यतिबेला पोलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्