Logo
Logo

झलनाथको दावी- ०८४ मा वामपन्थी शक्तिलाई सिध्याउने योजना बनिरहेको छ


315
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता पूर्वप्रधानमन्त्री झलनाथ खनालले ०८४ को निर्वाचनमा वामपन्थी शक्तिलाई सिध्याउने योजना बनिरहेको दावी गरेका छन् ।

बुधबारदेखि ललितपुरमा जारी केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै नेता खनालले एकजुट भएर अघि नबढे गाह्रो पर्ने भन्दै चिन्तासमेत व्यक्त गरे ।

‘कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नतिर लागेनौं भने ०८४ को चुनाव सम्झिनुस् । ०८४ को चुनावमा वामपन्थीहरूलाई धुल्याउने योजना छ । यो बुझिराख्न आवश्यक छ’ नेता खनालले भने, ‘हामीले अहिलेदेखि नै तयारी गर्नुपर्छ । कुन बाटो हिँड्दा सही हुन्छ त्यो गर्न सकेनौं भने गाह्रो हुन्छ ।’ उनले देशलाई तरंग दिनेगरी पार्टी निर्माणका लागि नेता कार्यकर्तालाई एक हुन जुट्नमसेत आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्