Logo
Logo

परालको कुन्यूभित्र लुकाइ राखेको ७ किलो अवैध लागूऔषध गाँजा बरामद


693
Shares

मोरङ । मोरङमा परालको कुन्यूभित्र लुकाइ राखेको सात किलो अवैध लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ ।

जिल्लाको जहदा गाउँपालिका–१ पश्चिम बरीया टोलस्थित परालको कुन्यूभित्र लुकाएको अवैध लागूऔषध गाँजा गएराति प्रहरीले बरामद गरेको ईलाका प्रहरी कार्यालय बुधनगरले जनाएको छ ।

उक्त कार्यालयबाट खटिएको प्रहरीले ठूलो परिणामको गाँजा फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्