
मोरङ । मोरङमा परालको कुन्यूभित्र लुकाइ राखेको सात किलो अवैध लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ ।
जिल्लाको जहदा गाउँपालिका–१ पश्चिम बरीया टोलस्थित परालको कुन्यूभित्र लुकाएको अवैध लागूऔषध गाँजा गएराति प्रहरीले बरामद गरेको ईलाका प्रहरी कार्यालय बुधनगरले जनाएको छ ।
उक्त कार्यालयबाट खटिएको प्रहरीले ठूलो परिणामको गाँजा फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।














