Logo
Logo

जसपाका तीन पालिका समिति पुनर्गठन


630
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको तीन पालिका समिति पुनर्गठन भएका छन् । यसरी पुनर्गठन गरिएका पालिकामा उपमहानगरपालिकादेखि गाउँपालिका समितिसम्म रहेका छन् ।

जसपाले छबिलाल वाईवाको अध्यक्षतामा हेटौडा उपमहानगरपालिका समिति पुनर्गठन गरेको छ । वाइवा नेतृत्वको समिति २५ सदस्यीय रहेको छ । त्यस्तै ईलामको माई नगर समिति रामबहादुर राइको अध्यक्षतामा पुनर्गठन भएको छ । राईको अध्यक्षतामा पुनर्गठन गरिएको समिति ३१ सदस्यीय रहेको छ ।

त्यसैगरी जसपाको धनपालथान गाउँपालिका समिति पनि पुनर्गठन भएको छ । प्रमोदकुमार शर्माको अध्यक्षतामा १५ सदस्यीय गाउँ समिति बिहीबार पुनर्गठन गरिएको हो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000