Logo
Logo

सहकारी ठगेर फरार अभियुक्त कतारबाट पक्राउ, नेपाल ल्याइयो


6.4k
Shares

काठमाडौं । सहकारी ठगीमा फरार रहेका एक अभियुक्तलाई प्रहरीले कतारबाट पक्राउ गरेर नेपाल ल्याएको छ । काठमाडौंको तिनकुनेस्थित नमस्ते बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक गणेश सिजापतिलाई प्रहरीले कतारबाट पक्राउ गरी नेपाल ल्याएको हो ।

बाँकेको नेपालगन्ज घर भएका उनीविरुद्ध इन्टरपोलबाट रेड नोटिस जारी भएको थियो । इन्टरपोलको सहयोग र कतार प्रहरीसँगको समन्वयमा उनलाई नेपाल ल्याइएको नेपाल प्रहरीले जनाएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000