Logo
Logo

कृष्णभक्त श्रेष्ठ कोल्ड स्टोरेज सङ्घको अध्यक्ष निर्वाचित


252
Shares

काठमाडौं । नेपाल कोल्ड स्टोरेज सङ्घको अध्यक्षमा कृष्णभक्त श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । चन्द्रागिरि उद्योग वाणिज्य सङ्घका अध्यक्ष समेत रहेका श्रेष्ठ सङ्घको १० औं अधिवेशनबाट अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

सङ्घको उपाध्यक्षमा विश्वेश्वरप्रसाद कुसवाहा, सचिवमा गोकुल बराल र कोषाध्यक्ष मानवराज थापा पनि सर्वसम्मत भएका छन् ।यस्तै सङ्घको सदस्यमा आषिश शर्मा, देवानजंग चौधरी र राजेन्द्र भट्ट सर्वसम्मत भएका छन् ।

साधारण सभाबाट संशोदित विधानले कार्यसमिति नौ सदस्य बनाउने व्यवस्था अनुसार सुशिला पाठक र सुवास मल्ललाई सङ्घले आमन्त्रित सदस्य मनोनीत गरेको छ । सर्वसम्मत भएका सबै पदमा एकरएक मात्र दरखास्त परेको थियो ।

प्रतिक्रिया दिनुहोस्