
काठमाडौं । नेपाल–भारतमैत्री युवा संघले जाजरकोटका भूकम्प पीडितका लागि राहत हस्तान्तरण गरेको छ । नेपाल–भारतमैत्री युवा सङ्घ नेपालका केन्द्रीय अध्यक्ष महेन्द्र यादवको नेतृत्वमा जाजरकोट पुगेको टोलीले राहत हस्तान्तरण गरेको हो ।
नेपाल–भारत मैत्री युवा संघको तर्फबाट २५० बलाङकेट र २५० तिरपाल जाजरकोट जिल्ला प्रशासन कार्यालयमा बुझाएको कांग्रेस सहमहामन्त्री समेत रहेका यादवले बताए ।
यादव नेतृत्वको टोलीमा नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक जन्मजय तिमिल्सिना, जाजरकोटका कार्यवाहक सभापति खड्ग सिंह, भेरी नगरपालिकाकी उपमेयर सीता जैसी पनि सहभागी थिए ।
सहमहामन्त्री यादवले जाजरकोटको जेलमा रहेका कैदीलाई बलाङ्केट वितरण गरेको बताए । दोस्रो चरणमा भूकम्प प्रभावित रुकुम पश्चिममा समेत राहत वितरण गरिने उनले जानकारी दिए ।














