Logo
Logo

दुर्गा प्रसाइको प्रदर्शनमा पूर्व राजा नजाने


2.9k
Shares

काठमाडौं । मेडिकल ब्यावसायी दुर्गा प्रसाइको नेतृत्वमा आज काठमाडौंमा प्रदर्शन हुने भएको छ ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नामक संस्थामार्फत बिभिन्न गतिबिधि गर्दै आएका प्रसाइले आज काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शन गर्न लागेका हुन् ।

 राजाबादी र हिन्दुबादीहरूको ‘नैतिक समर्थन’ रहेको भनिएको सो आन्दोलनलाई राप्रपा र राप्रपा नेपालजस्ता पार्टीहरूले समर्थन जनाएका छन् ।

पूर्व राजा ज्ञानेन्द्र शाह आउने भनेर प्रसाइले प्रचार गरे पनि उनी भने प्रदर्शनमा नआउने भएका छन् । पूर्व राजा साता दिनका लागि चीतवन गएका छन् ।

प्रतिक्रिया दिनुहोस्