Logo
Logo

सुनिल र विकललाई थप १० दिन थुनामा राख्न अनुमति


630
Shares

काठमाडौं । विशेष अदालतले विकल पौडेल र सुनिल पौडेललाई थप १० दिन थुनामा राख्न अनुमति दिएको छ ।

गैरकानूनी सम्पत्तिआर्जन गरेको उजुरीको अनुसन्धानमा पक्राउ परेका उनीहरुलाई विशेष अदालतले थप १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको हो ।

विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले उनीहरुलाई थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति भएको जानकारी दिए । दुवैजना गत १० माघमा पक्राउ परेका थिए ।

यसअघि दुई फरक–फरक भ्रष्टाचार मुद्दामा परेका विकल र सुनिलमाथि गैरकानूनी सम्पत्ति आर्जन गरेको, विदेशमा कमिसन लुकाएको लगायतका आरोप छन् ।

प्रतिक्रिया दिनुहोस्