Logo
Logo

बुटवलको जंगलमा प्रहरी हवल्दार मृत भेटिए


5.5k
Shares

काठमाडौं । रुपन्देहीमा एक जना प्रहरी हवल्दार मृत फेला परेका छन् । प्रहरी चौकी भातागाडा डडेलधुरामा कार्यरत प्रहरी हवल्दार भुपेन्द्र ठकुल्लाको शव बुटवलको जंगलमा भेटिएको हो ।

भुपेन्द्रको शव सडिसकेको अवस्थामा पुस २९ गते बुटवलको शिवनगर सामुदायिक वनमा भेटिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी भरत विकले जानकारी दिए ।

उनको शव पोष्टमार्टमपछि परिवारले जिम्मा लिइसकेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000