
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले डा. राममनोहर लोहियाबारे अन्तरक्रिया गर्ने भएको छ । पार्टीले शुक्रबार नेपाल र भारतको समाजवादी आन्दोलनका डा. राममनोहर लोहिया विचारको सान्दर्भिकता विषयक अन्तरक्रिया कार्यक्रम गर्न लागेको हो ।
पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभागको आयोजनामा हुने अन्तरक्रिया कार्यक्रममा पार्टीका अध्यक्ष उपेन्द्र यादव र भारतका समाजवादी चिन्तक डा. सुनिलमलगायत वक्ता रहने छन् । सो अन्तरक्रिया कार्यक्रम दिनको १२ः३० बजेदेखि पार्टी कार्यालय बालकुमारीमा सुरु हुनेछ ।














