Logo
Logo

नेपाल ‘ए’ ले आज क्यानडा-११ सँग प्रतिस्पर्धा गर्दै


882
Shares

काठमाडौं । तीन खेलको एक दिवसीय अभ्यास खेलअन्तर्गत नेपाल ‘ए’ ले आफ्नो खेल खेल क्यानडा–११ सँग खेल्दैछ । खेल आज बिहान ९ ः ३० बजेदेखि माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ ।

दुई सातापछि यूएईमा आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज खेल्न जानुअघि क्यानडाले नेपालमा अभ्यास गरेको हो । क्यानडाले नेपालसँग यसै साता तीन ओडीआई खेलमा क्लिनस्वीपको हार व्यहोरेको थियो ।

मुलपानी क्रिकेट मैदानमा हुने तीन खेलमा फेब्रुअरी १८ मा पहिलो, फेब्रुअरी २० मा दोस्रो र फेब्रुअरी २२ मा तेस्रो खेल हुने क्यानले जनाएको छ ।

क्यानले यसअघि क्यानडाविरुद्ध खेल्ने १६ सदस्यीय नेपाल ए टिमको  घोषणा गरिसकेको छ । क्यानले विनोद भण्डारीको कप्तानीमा १६ सदस्यीय नेपाल ‘ए’ टोलीको घोषणा गरेको हो ।

नेपाल ए टीममा विनोद भण्डारी (कप्तान), आशुतोष घिरैया, अर्जुन कुमाल, बशीर अहमद, विवेक यादव, हेमन्त धामी, किरण ठगुन्ना, मायन यादव, प्रतिस जिसी, रसिद खान, रिजन ढकाल, सागर ढकाल, शाहब आलम, सन्दीप जोरा, शेर मल्ल र सुजन थपलिया रहेका छन् । नेपाल ए टिमको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कलाम अली रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्