Logo
Logo

आयल निगमको कार्यकारी निर्देशक बने चण्डिकाप्रसाद भट्ट


1.7k
Shares

काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकको पदमा चण्डिकाप्रसाद भट्ट नियुक्त भएका छन् । निगमको कार्यकारी पदका लागि ३ जनाको नाम सिफारिसमा परेको थियो । त्यसमध्येबाट आज बसेको मन्त्रीपरिषद्को बैठकबाट भट्ट नियुक्त भएको उद्योग मन्त्री रमेश रिजालले जानकारी दिए ।

उद्योग वाणिज्य, तथा आपूर्ति मन्त्रालयले एक सूचना जारी गर्दै ३ जनाको नाम अन्तिम सिफारिसमा परेको जानकारी दिएको थियो । तीन जनामध्ये भट्टसहित डोलप्रसाद चापागाईँ र शत्रुघ्नप्रसाद पुडासैनी तीन जनाको सूचीमा परेका थिए ।

निगमको तत्कालीन कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पदबाट राजीनामा दिएपछि यो पद खाली थियो । कार्यकारी निर्देशकका लागि विभिन्न क्षेत्रका १४ जनाले आवेदन दिएका थिए । त्यसमध्येबाट, उद्योग मन्त्रालयले ३ जनाको नामावली प्रकाशन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्