Logo
Logo

वाफ महिला फुटबलमा नेपालको गलत राष्ट्रिय झण्डा प्रयोग


2.8k
Shares

काठमाडौं । वाफ वुमेन्स च्याम्पियनसिपमा नेपाल र सिरियाबीचको खेलमा नेपालको गलत राष्ट्रिय झण्डाको प्रयोग भएको छ ।

खेल सुरु हुनुअघि दुवै देशको झण्डा मैदानमा देखाइन्छ । त्यसक्रममा आयोजक साउदी अरबको फुटबल संघले चारकुने सेतो कपडामा नेपालको राष्ट्रिय झण्डालाई प्रयोग गरेको छ ।

देशको राष्ट्रिय झण्डा तथा राष्ट्रिय गान ठीक भए नभएको टिम व्यवस्थापनले हेर्नु पर्ने भए पनि अखिल नेपाल फुटबल संघ एन्फाबाट गएका व्यवस्थापकले ध्यान नदिँदा गलत झण्डा प्रयोग भएको हो ।

पहिलो पटक वाफ वुमेन्स च्याम्पियनसिपमा खेल्न गएको नेपालले सिरियासँग खेल्दै छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000