Logo
Logo

लुक्ला उडेको हेलिकोप्टर ९ मिनेटमै काठमाडौं फर्कियो


2.1k
Shares

काठमाडौं । काठमाडौंबाट लुक्लाका लागि उडेको एयर डाइनेष्टीको हेलिकोप्टर केहि मिनेटमै काठमाडौं फर्किएको छ । काठमाडौंबाट बिहान ८ः१४ बजे लुक्लाका लागि उडेको नाइन एन एजेडी कलसाइनको हेलिकोप्टर फर्किएर ८ः२३ मिनेटमै काठमाडौंमा ल्याण्ड गरेको हो ।

हेलिकोप्टर बीच बाटोबाटै फर्किनुमा प्राविधिक गडबडीलाई कारण मानिएको छ । तर कस्तो खालको प्राविधिक समस्या हो भन्ने खुलाइएको छैन । लुक्लातर्फको मौसम भने सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्