Logo
Logo

नामिबियाले नेपाललाई दियो २०७ रनको लक्ष्य


441
Shares

काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिजको पहिलो खेलमा नामिबियाले नेपाललाई २०७ रनको विशाल लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा मंगलबार टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४ विकेटको क्षतिमा २०६ रन जोड्यो ।

नामिबियाका लागि जान निकोल लेफ्टी इटनले विश्वकीर्तिमानी शतक प्रहार गरे। उनले ३३ बलमा शतक पूरा गर्दै कुशल मल्लको नाममा रहेको विश्वकीर्तिमान तोड्न सफल भए। कुशलले एसियाली खेलकुदमा मंगोलियाविरुद्ध ३४ बलमा शतक पूरा गरेका थिए ।

१०१ जोडेर आउट भएका उनले ३६ बल खेल्दा ११ चौका र ८ छक्का प्रहार गरे । नामिबियाका लागि ओपनिङ ब्याटर मलन क्रुगरले नटआउट ५९ रनको योगदान गरे ।

११ ओभरमा ३ विकेट गुमाउँदा ६६ रन जोडेको नामिबियाले नेपालविरुद्ध पछिल्लो ९ ओभरमा १४० रन जोडेको थियो ।
पावरप्लेको अन्तिम बलमा नेपालका करण केसीले नामिबियाका ओपनर भान लिङगेनलाई २० रनमा गुल्सन झाबाट क्याच गराएका थिए ।

यस्तै रोहितले ११औं ओभरमा नेपालका लागि तेस्रो र व्यक्तिगत दोस्रो विकेट लिने क्रममा नामिबियाका जान फ्राइलिंकलाई ५ रनमा बोल्ड गरेका थिए । बलिङमा नेपालका कप्तान रोहितले २ विकेट लिँदा करण केसी र अभिनास बोहराले १–१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्