Logo
Logo

आईपीएलमा आज दुई खेल हुँदै


1.2k
Shares

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज पनि दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा राजस्थान रोयल्स र लखनउ सुपर जाइन्ट्स तथा दोस्रो खेलमा गुजराज टाइटन्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ ।

सन्जु सैमसनको कप्तानीमा रहेको राजस्थान र केएल राहुलको कप्तानीमा रहेको लखनउबीचको आजको खेल दिउँसो ३ः४५ बजे जयपुरमा हुनेछ ।

यस्तै ५ पटकको विजेता मुम्बई इन्डियन्स हार्दिक पाण्ड्याको कप्तानीमा मैदान उत्रने छ भने गुजरात टाइटन्सका लागि शुभमन गिलले कप्तानी गर्नेछन्। यी दुई टोली बीचको खेल अहमदावादमा साँझ ७ः४५ बजे खेल सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्