Logo
Logo

सुदूरपश्चिममा माअ‍ोवादीले नयाँ गठबन्धनको सरकार बनाउन पहल गर्ने


4.3k
Shares

काठमाडौं । माओवादी सुदूरपश्चिम प्रदेश संसदीय दलले नयाँ सत्ता गठबन्धनको सरकार बनाउने विषयमा निर्णय गरेको छ ।

आज बसेको संसदीय दलको बैठकले केन्द्रमा तयार भएको एमाले माओवादीसहितको गठबन्धनको सरकार सुदूरपश्चिममा पनि बनाउने गरी कसरत गर्ने निर्णय गरेको हो ।

सुदूरपश्चिममा माओवादीका ११ सांसद छन् । माओवादी र नेकपा एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि अहिले कांग्रेसका कमल बहादुर शाह नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा परेको छ ।

कांग्रेसका १८ र नाउपाका ७ सांसदका छन् । २२ गते भित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने छ । तर, नाउपा भित्रै विवाद हुँदा मुख्यमन्त्री शाह ढुक्क छैनन् । यस्तो बेला माओवादीले सरकार बनाउन पहल गर्न निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्