Logo
Logo

अहिलेकाे अवस्थामा बागमती सरकारले विश्वासको मत पाउँदैनः एकीकृत समाजवादी


504
Shares

काठमाडौं । सत्तारूढ नेकपा (एकीकृत समाजवादी) ले यथास्थितिमा बागमती प्रदेश सरकारलाई विश्वासको मत दिन नसकिने बताएको छ ।

आइतबार बसेको प्रदेश संसदीय दलको बैठकले मन्त्रालय भागबन्डा लगायतका विषयमा असन्तुष्टि व्यक्त गर्दै यथास्थितिमै प्रदेश सरकारलाई विश्वासको मत दिन नसकिने निर्णय गरेको एकीकृत समाजवादीको बागमती प्रदेश संसदीय दलका नेता कृष्ण खनालले बताए ।

बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । बागमतीमा माओवादी केन्द्र संसदीय दल नेता जम्कट्टेल मुख्यमन्त्री छन् ।

बागमतीमा एकीकृत समाजवादीका ७ जना सांसद छन् । साथै नेपाली कांग्रेस संसदीय दल बैठकले पनि मुख्यमन्त्री जम्कट्टेलले राख्ने विश्वास मतको प्रस्तावको विपक्षमा मतदान गर्न सांसदहरूलाई निर्देशन दिने आइतबार निर्णय गरेको छ ।

यहाँ नेपाली कांग्रेस ३७, नेकपा (एमाले) २७, माओवादी केन्द्र २१, राप्रपा १३, नेमकिपा ३ र हाम्रो नेपाल पार्टीका २ सांसद छन् । बागमती प्रदेश सभा ११० सदस्यीय हो । यहाँ सरकार बनाउन ५६ सांसदको साथ चाहिन्छ ।

प्रतिक्रिया दिनुहोस्