Logo
Logo

सुशील कोइराला क्यान्सर रेडियोलोजीमा आगोलागी


567
Shares

नेपालगञ्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको रेडियोलोजी विभागमा आगलागी भएको छ ।
आइतबार दिउँसो साढे चार बजे विभागको सिटी स्क्यान रुमबाट आगो सल्किएको थियो ।

करिब २५ मिनेटपछि पुगेको नेपालगञ्ज उपमहानगरपालिकाको बारुण यन्त्रसहितको टोलीले डेढ घण्टापछि आगलागी नियन्त्रणमा लिएको बारुणयन्त्र शाखाका प्रमुख झइनबहादुर खड्काले बताए ।

अल्ट्रासाउण्ड, एक्स रे, लिन्याक मेसिन, सिटी स्क्यान लगायतका उपकरण राखिएको रेडियोलोजी विभागका कोठाहरुमा धुवा भरिएकाले आगलागी नियन्त्ररण गर्न धेरै समय लागेको प्रमुख खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्