Logo
Logo

उपनिर्वाचन : आज रातिदेखि प्रचार गर्न नपाइने


567
Shares

काठमाडौं । यहि बैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचार गर्न नपाइने भएको छ । इलाम–२ र बझाङ–१ (१) मा हुने उपनिर्वाचनका लागि बुधबार मध्यरातदेखि मौन अवधि सुरु हुने भएकाले प्रचार गर्न नपाइने निर्वाचन आयोगले जनाएको हो ।

निर्वाचन आचारसंहिताअनुसार निर्वाचन हुने ४८ घण्टाअघिदेखि प्रचारप्रसार गर्न पाइँदैन । वैशाख १५ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान तय भएको छ ।

मौन अवधि शुरु भएपछि मतदानको काम पूरा नभएसम्म निर्वाचन हुने पदका लागि निर्धारित क्षेत्रभित्र कुनै पनि उम्मेदवारहरुको पक्ष वा विपक्षमा मत लिने वा दिने उद्देश्यले कुनै प्रकारले कुनै किसिमको प्रचार गर्न पाइँदैन ।

निर्वाचनको मौन अवधिमा आफ्ना वेभसाइट तथा फेसबुक र ट्वीटरलगायतका कुनै पनि सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट समेत कसैले पनि निर्वाचनको प्रचार–प्रसार गर्न नपाइने आयोगले जनाएको छ ।

कुनै पनि प्रचार प्रसारका क्रियाकलाप नगर्न र गराएको पाइएमा तत्काल रोकी मौन अवधिको पूर्ण पालना गर्न, गराउन निर्वाचन आयोग आग्रह गरेको छ । प्रतिनिधिसभा इलाम क्षेत्र नं. २ मा १९ र प्रदेश सभा बझाङमा १(१) मा ११ उमेदवार प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस्