Logo
Logo

कांग्रेस केन्द्रीय समिति बैठकका निर्णय शनिबार सार्वजनिक गरिने


0
Shares

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको मंसिर ८ गतेदेखि सुरु भएको बैठक शुक्रबार सम्पन्न भएको छ । पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको बैठक आज सम्पन्न भएको हो ।

बैठकका निर्णयहरू मंसिर १२ गते शनिबार अपराह्न २ बजे पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने कांग्रेसले जनाएको छ । बैठकमा उपसभापतिद्वय पुष्पा भुसाल र डा. चन्द्रकान्त भण्डारी, महामन्त्रीत्रय प्रदीप पौडेल, डा. डिला संग्रौला पन्त र उदयशम्शेर राणा तथा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेसहित सहमहामन्त्री र केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राखेका थिए ।

बैठकमा सहमहामन्त्रीहरू योगेन्द्र चौधरी, प्रकाश रसाईली स्नेही, जीवनबहादुर शाही, आङ्गेलु शेर्पा, रामहरि खतिवडा, प्रतिमा गौतम, अजयबाबु शिवाकोटी र डा. मो. फिरदोश आलम सहभागी थिए ।

त्यस्तै, केन्द्रीय सदस्यहरू अर्जुनप्रसाद जोशी, दिनेशकुमार यादव, ई. मोहन आचार्य, सरस्वती अर्याल तिवारी, हरिशरण नेपाली, भीम पराजुली, रूपा विक, शान्ति परियार, रेशमबहादुर बानियाँ, उज्ज्वलप्रसाद बराल, सपना राजभण्डारी जोशी, प्रमिला राई, प्रमोदहरि गुरागाई, शम्भुबहादुर बुढाथोकी, रामदेवी खड्का, छायाँ सुनार, ममता शर्मा, महेन्द्रकुमार शर्मा, अमरप्रसाद भण्डारी, डा. शोभाकर पराजुली, जनकराज चौधरी, किरणबाबु श्रेष्ठ, निश्कल राई, सन्दीप राना, गीता देवकोटा, हरिप्रभा खड्गी, प्रचण्डबिक्रम न्यौपाने, चिरीबाबु महर्जन, विद्धान गुरुङ, श्यामकृष्ण खड्गी, बंशलाल तामाङ, सागर परियार, डा. कृष्णप्रसाद पौडेल, रवि सिंह, कुमार लुइटेल, डा. डीबी सुनार, जनक चटौत, रिता थापा मगर, ई. ऋषि कोइराला, ई. नवराज त्रिपाठी, कमला नेपाली, अशर्फी साह, मेदनीप्रसाद सिटौला, जनार्दन अर्याल र ई. रोशन बस्नेतले धारणा राखेका थिए ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000