Logo
Logo

इनम सापकोटाको मानव अधिकार संरक्षण माग गर्दै श्रीमतीले दिइन् उजुरी


0
Shares

काठमाडौं । प्रहरी हिरासतमा रहेका विचौलिया इनम सापकोटाको मानव अधिकार संरक्षणको माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ ।

इनमकी श्रीमती कविता पाण्डेले शुक्रबार आयोगमा उजुरी दिएकी हुन् । उजुरी शुक्रबार आइपुगेको र दर्ता भएको आयोगले जनाएको छ । इनम सापकोटा नेपालमा न्यायालय, सुरक्षा निकाय र राजनीतिक वृत्तमा विचौलियाको भूमिका खेलेको आरोपमा अनुसन्धानमा तानिएका छन् ।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको मोबाइल जाँचका क्रममा अदालतका मुद्दा मिलाइदिने तथा प्रहरीको बढुवामा सहयोग गर्ने आश्वासन दिएका सन्देशहरू फेला परेपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000