Logo
Logo

चुनाव चिह्न र झण्डाको दुरुपयोग रोक्न निर्वाचन आयोगलाई पत्राचार गर्ने कांग्रेसको निर्णय


0
Shares

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको चुनाव चिह्न रुख र चारतारे झण्डाको दुरुपयोग भएको भन्दै निर्वाचन आयोगलाई पत्राचार गर्ने भएको छ ।

पूर्वसभापति शेरबहादुर देउवा पक्षले महाअधिवेशनका नाममा पार्टीको चुनाव चिह्न रुख तथा चारतारे झण्डाको दुरुपयोग गरेको भन्दै कांग्रेसले आयोगको ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले निर्वाचन आयोगबाट पार्टीको आधिकारिक विवरण अद्यावधिक गर्ने प्रक्रिया पूरा भइसकेकाले झण्डा र चुनाव चिह्नको दुरुपयोग रोक्न औपचारिक पत्र पठाउने निर्णय गरेको हो ।

कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले पार्टीको झण्डा र चुनाव चिह्न दुरुपयोग भएको विषयमा पार्टी सचेत रहेको र निर्वाचन आयोगलाई पनि पत्राचार गर्ने निर्णय भएको जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले गरेका कामकारबाही, भोटेकोशी बाढी, सुकुम्बासी समस्या तथा स्थानीय तहको निर्वाचनलगायतका विषयमा पनि निर्णय भएका छन् । ती विषयमा भएका निर्णय भने औपचारिक पत्रकार सम्मेलनमार्फत शनिबार सार्वजनिक गर्ने सहमहामन्त्री शिवाकोटीले जानकारी दिए ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000