Logo
Logo

आजपा र जनएकता पार्टीबीच एकीकरण


882
Shares

काठमाडौं । आम जनता पार्टी र समाजवादी जनएकता पार्टीबीच एकीकरण भएको छ । शनिबार प्रभु साह नेतृत्वको आम जनता पार्टी र नारायण श्रेष्ठ नेतृत्वको समाजवादी जनएकताबीच एकीकरणको घोषणा भएको हो ।

एकीकरणपछि प्रभु साहको नेतृत्वमा आम जनता पार्टी रहने छ । यसमा जनएकता पार्टीका संयोजक नारायण श्रेष्ठ लगायतका नेताको कार्यविभाजन एवं भूमिका सम्मानजनक रहने बताइएको छ ।

कार्यक्रममा साहले अग्रगामी सोच र विचारका पार्टीसँग एकता गर्दै जाने बताए । ‘वर्तमान समयका प्रमुख दल र अहिलेको नेताबाट मुलुकको विकास सम्भव छैन,’ साहले भने, ‘त्यसैले अग्रगामी सोच राख्ने पार्टीसँग एकता गर्दै बलियो शक्ति निर्माण गर्ने अभियानमा छौं ।’

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000