Logo
Logo

महाधिवेशनका लागि देउवा समूहले तोक्यो पाँच उपसमिति संयोजक


0
Shares

काठमाडौं । नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहले १५औँ महाधिवेशनलाई व्यवस्थित र सफल बनाउन विभिन्न पाँच वटा उपसमितिका संयोजकहरू मनोनयन गरेको छ । आगामी मंसिर २१, २२ र २३ गते हुने पार्टीको १५औँ केन्द्रीय महाधिवेशन मूल तयारी समितिका संयोजक डा.शशांक कोइरालाले विभिन्न समितिका संयोजकहरूको जिम्मेवारी तोकेका हुन् ।

सो पार्टीको सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइकेलद्वारा शुक्रबार जारी प्रेस विज्ञप्तिअनुसार प्रचार प्रसार समितिको संयोजकमा पार्टीका केन्द्रीय सदस्य एवं प्रवक्ता डा.प्रकाश शरण महतलाई मनोनयन गरिएको छ ।

यसैगरी, अतिथि सत्कार एवं समन्वय समितिको संयोजकमा केन्द्रीय सदस्य एन.पी. साउद र प्रशासन समन्वय एवं स्वयंसेवक परिचालन समितिको संयोजकमा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत मनोनीत भएका छन् ।

यस्तै, सांस्कृतिक समितिको संयोजकको जिम्मेवारी केन्द्रीय सदस्य विद्या तिमिल्सिनालाई दिइएको छ भने स्वास्थ्य समितिको संयोजकमा डा.अमित कार्कीलाई मनोनीत गरिएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000